फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा पाकिस्तानका राष्ट्रपति मामनुन हुसाइनसँग भेट वार्ता

(GMT+08:00) 2015-04-21 19:08:06

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल एकाईस तारिख मंगलबार इस्लामाबादमा पाकिस्तानका राष्ट्रपति मामनुन हुसाइनसँग भेट-वार्ता गर्नुभयो।

         राष्ट्राध्यक्ष सीले यस पटकको भ्रमणबाट दुवै देशको मित्रतालाई अझ बढाउने आशा व्यक्त गर्नुभयो। उहाँले आगामी चरणमा दुवै मुलुकले उच्चस्तरीय आदान-प्रदानलाई कायम राख्न आवश्यक रहेको बताउनुभयो। उहाँले दुवै मुलुकले चीन-पाकिस्तान मैत्री आदानप्रदान वर्षका अवसरमा विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने इच्छा रहेको औँल्याउनुभयो।

        राष्ट्रपति मामनुन हुसाइनले चीनद्बारा विभिन्न क्षेत्रमा दिएको समर्थनलाई धन्यबाद व्यक्त गर्नुभयो। उहाँले पाकिस्तानले एक चीनको नीतिलाई कडा समर्थन गरेको, चीनको मुख्य हित रहेको समस्यामा चीनको अडानलाई कडा समर्थन दिइरहेको कुरामा जोड दिनुभयो।

         दुवै नेताले अफगानिस्तान, यमन आदि अन्तर्राष्ट्रिय समस्यबारे पनि छलफल गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ