फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र पाकिस्तानी मुख्य पार्टीका नेताबीच भेट-वार्ता

(GMT+08:00) 2015-04-21 09:10:34

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो बीस तारिख सोमबार इस्लामाबादमा पाकिस्तानका पूर्व राष्ट्रपति एवं पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष असिफ अलि जार्दारीलगायत पाकिस्तानका मुख्य पार्टीका नेतागणसँग भेट-वार्ता गर्नुभयो।

         सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन-पाकिस्तान सम्बन्धमा पाकिस्तानी विभिन्न दलले लामो समययता ध्यान र समर्थन दिइरहेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले पाकिस्तानका विभिन्न दलसँगको मैत्रीपूर्ण सम्बन्धमा ध्यान दिनुका सथै आपसी आदान-प्रदान र सहयोग बढाउने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

          जार्दारीले राष्ट्राध्यक्ष सीलाई स्वागत गर्दै पाकिस्तान-चीन आर्थिक करिडोरमा चीनले दिएको समर्थनप्रति पाकिस्तान आभारी रहेको बताउनुभयो। चीनको त्यस्तो नीतिबाट पाकिस्तानको आर्थिक विकास तथा जनजीवन सुधारका लागि फाइदा पुग्नुका साथै क्षेत्रीय स्थिरता र साझा समृद्धका लागि पनि फाइदा पुग्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ