फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्बारा इरानका राष्ट्रपतिसँग भेट-वार्ता

(GMT+08:00) 2015-04-23 14:56:58

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल तेईस तारिख बिहीबार जाकार्तामा इरानका राष्ट्रपति हासेन रोहानीसँग भेट-वार्ता गर्नुभयो।

        राष्ट्राध्यक्ष सीले चीनले इरानसँगको सम्बन्धलाई महत्व दिएको बताउनुभयो। उहाँले दुवै मुलुक बीचको सम्बन्ध महत्वपूर्ण चरणमा रहेको औँल्याउनुभयो। उहाँले दुवै पक्षले उच्च स्तरीय आदान-प्रदान कायम राख्ने र विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्न आवश्यक रहेको बताउनुभयो। उहाँले "एक क्षेत्र एक मार्ग"को आधारमा झन् बढी क्षेत्रको सहयोगलाई सुदृढ पार्ने आशा पनि व्यक्त गर्नुभयो।

         राष्ट्राध्यक्ष सीले त्यसअघि इरान र छ मुलुकबीचमा इरान आणविक समस्यामा सहमति भएको बताउनुभयो। चीनले इरान लगायतका सबै सम्बन्धी पक्षसँग आदान-प्रदान गर्दै वार्तामा सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा राखेको स्पष्ट पार्नुभयो।

          राष्ट्रपति रोहानीले इरान र चीनले विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने बताउनुभयो। उहाँले इरान आणविक समस्या वार्तामा प्राप्त प्रगतिप्रति चीनको भूमिकाको प्रशंसा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ