फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाङडुङ सम्मेलन साठीऔं वार्षिकोत्सव समारोहमा राष्ट्राध्यक्ष सीको सम्बोधन

(GMT+08:00) 2015-04-23 09:51:56

        बाङडुङ सम्मेलनको साठीऔँ वार्षिकोत्सव मनाउँदै हिजो बाईस तारिख एशिया-अफ्रिका शिखर सम्मेलन जाकार्तामा आयोजना भएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले नयाँ अवधिमा झन् ठूलो भूमिका निर्वाह गर्न विकासन्मोख मुलुकलाई सहयोग बढाउनु पर्ने बताउनुभयो। उहाँले चीन विकासन्मोख मुलुकको सधैँ नै घनिष्ट साथी रहेको वचनबद्धता व्यक्त गर्नुभयो।

          उहाँले एशियाली र अफ्रिकी मुलुकले सहयोगलाई गहन रुपमा विकास गर्ने र अरु क्षेत्रका विकासन्मोख मुलुकबीचको सहयोगलाई सबल पार्न आवश्यक रहेको औँल्याउनुभयो। उहाँले बाङडुङ भावना एशिया-अफ्रिका बीचको सहयोग, दक्षिण-दक्षिण सहयोगमा मात्र लागू हुने होइन, दक्षिण-उत्तर बीचको सहयोगका लागि पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।

          चीनले सम्बन्धित पक्षसँग "एक क्षेत्र एक मार्ग" र एशिया पूर्वाधार लगानी बैंकको निर्माणलाई बढाउने इच्छा राखेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ