फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी संचार माध्यमद्बारा राष्ट्राध्यक्ष सीको सम्बोन्धनको प्रशंसा

(GMT+08:00) 2015-04-23 15:21:52

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो बाईस तारिख जाकार्तामा एशिया-अफ्रिका शिखर सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्नुभयो। विदेशी संचार माध्यमहरुले उहाँको सम्बोधनलाई उच्च मूल्याङकन गरेका छन्। विदेशी संचार माध्यमले विकसित मुलुकले कूनै राजनीतिक स्वार्थ संलग्न नगरिकन विकासन्मोख मुलुकलाई सहयोग गर्न राष्ट्राध्यक्ष सीले गर्नु भएको आह्वानलाई उच्च प्रशंसा गरेका छन्।

         अमेरिकी "द वाल स्ट्रिट जर्नल"मा चीनका राष्ट्राध्यक्ष सीले सम्बोधनमा विकसित मुलुकले विकासन्मोख मुलुकलाई झन् बढी सहयोग गर्न र कुनै राजनीतिक स्वार्थ नराखिकन विकासन्मोख मुलुकलाई सहयोग गर्न आह्वान गर्नुभएको कुरालाई सो पत्रिकाले उच्च महत्व दिएको छ।

         रुसी स्पुतनीकमा केही वर्षदेखि चीन र एशिया-अफ्रिका मुलुक बीचको आर्थिक आदान-प्रदान धेरै घनिष्ट रहेको र आर्थिक सहयोग बढ्दै गएको उल्लेख गरिएको थियो।

          द भ्वाइस अफ अमेरिकामा राष्ट्राध्यक्ष सीले सम्बोधनमा आपसी सद्भाव विकास सहयोगको आधार रहेको बताउँदै चीनले आपसी हित र साझा समृद्धि, संयुक्त विकासको रणनीतिक अडानलाई उल्लेख गर्नु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ