फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जाकर्ता घोषणापत्र जारी गर्दै एशिया-अफ्रिका शिखर सम्मेलन सम्पन्न

(GMT+08:00) 2015-04-24 18:52:01

         इन्डोनेशियाका राजधानी जाकर्तामा आयोजित एशिया-अफ्रिका शिखर सम्मेलन हिजो तेईस तारिख बिहीबार सम्पन्न भयो। एशिया-अफ्रिका मुलुकको समृद्धि, सुरक्षा र स्थिरताका लागि सो सम्मेलनमा व्यापक रुपमा छलफल भई विभिन्न सहमति भएको छ। सम्मेलनले तीनवटा मुख्य दस्तावेज पारित गरेको छ। एशिया-अफ्रिका बीचको नयाँ किसिमको रणनीतिक साझेदारी सम्बन्धलाई कार्यन्वयन निश्चित गर्ने टुङ्गो पनि सम्मेलनले गरेको छ।

         इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले सो शिखर सम्मेलनमा विभिन्न मुलुकका नेताले गहन छलफल गरेर धेरै क्षेत्रमा सफलता प्राप्त भएको बताउनुभयो। उहाँले यस पटकको सम्मेलनमा "सन् 2015 बाङडुङ विज्ञप्ति", "एशिया-अफ्रिका नयाँ किसिमको रणनीतिक साझेदारी सम्बन्धलाई पुनःरुत्थान गर्ने घोषणा-पत्र" र "प्यालेष्टाइन समस्या घोषणापत्र" गरी तीनवटा दस्तावेज पारित गरिएको जानकारी दिनुभयो।

        सम्मेलनले अप्रिल चौबीस तारिखलाई "एशिया-अफ्रिका दिवस" मनाउने निर्णय पनि गरेको र बाङडुङ शहरलाई "एशिया-अफ्रिका एकीकरण राजधानी" तोकिएको राष्ट्रपति जोकोले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ