फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाङडुङ सम्मेलनको साठीऔँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी सहभागी

(GMT+08:00) 2015-04-24 18:52:26

      आज अप्रिल चौबीस तारिख शुक्रबार बाङडुङ सम्मेलनको साठीऔँ वार्षिकोत्सव मनाउका लागि एशिया-अफ्रिका शिखर सम्मेलनमा सहभागी हुनुभएका विभिन्न मुलुका नेता बाङडुङ भेला भएका छन्। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआन पनि सो समारोहमा सहभागी हुनुभएको छ।

       सो सम्मेलनमा राष्ट्राध्यक्ष सी, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो र स्वाजिल्याण्डका राजा मसवाती तृतीयले "सन् 2015 बाङडुङ विज्ञप्ति"मा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ।

        इन्डोनेशियाका राष्ट्रपति, जिम्बाब्वेका राष्ट्रपति, म्यामारका राष्ट्रपति, इजिप्टका प्रधानमन्त्री, भेनेजुएलाका उपराष्ट्रपतिले सो सम्मेलनमा छुट्टा-छुट्टै रुपमा सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ