फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी आर आई नेपाली सेवाका सहकर्मी रविको भूकम्प अनुभव

(GMT+08:00) 2015-04-25 19:59:16

       आज मध्यान्ह म घरमा बसिरहेको बेला अकस्मात धक्का महसुस गरेँ। धक्का निकै ठूलो थियो। अनि भूकम्प गएको तुरुन्तै मलाई थाहा भयो। पछि बत्ती र आलमारी पनि हल्लिरहेका थिए। मेरो बुककेस ढल्यो र आलमारीभित्रका सामान सबै भुइँभरि छरियो। भूकम्पको महसुस लगभग आधा मिनेटसम्म भएको थियो। त्यसपछि म तुरुन्तै बाहिर निस्केँ। सडकमा धेरैजना भेला भइसकेका थिए र सबैमा डर र भय थियो। बाहिर बस्दा फेरि धेरै पटक भूकम्प गएका थियो। हालसम्म कम्तिमा बीस पटक गइसकेको होला र हरेक पटक जाँदा निकै चक्कर लागेको छ।

जानकारी तथा लेखहरु
सुझाउ