फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुलुकमा संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी

(GMT+08:00) 2015-04-25 20:08:53

        विनाशकारी भूकम्पबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण विवरण आउन अझै केही दिन लाग्ने देखिएको छ । कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले यो विपतको घडीमा धैर्य गर्न र उद्दारका हरसम्भव उपाय अपनाउन अपिल गरेका छन् ।

       यसैबीच तत्काल मुलुकमा संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्न सरकारलाई दलहरुले सुझाव दिएका छन्। मन्त्रिपरिषदको आपतकालिन बैठक बस्ने तयारी भइरहेको छ।

क्षतिको विवरण आउँदै

         रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायत मध्य तथा पूर्वी पहाडी जिल्लाका अधिकांश बस्तिका घरहरु भत्किएका कारण लाखौं मान्छेलाई ओत लाग्ने ठाउँ समेत नभएकोले गोठ बनाएर बस्ने प्रयास भइरहेको जनाइएको छ। ती क्षेत्रहरुमा तत्काल राहत र वैकल्पिक व्यवस्थाको पहल गर्नुपर्ने देखिएको छ।

         उपत्यकाका ऐतिहासिक र सांस्कृतिक धरोहरहरु ध्वस्त भएका छन्। मृतक र घाइतेहरुको संख्या अनगिन्ती भएकाले अस्पतालहरुमा उपचार गर्ने ठाउँ नभएर चौरमा आपकालिन उपचार भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ