फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विध्वंशकारी भूकम्प-4

(GMT+08:00) 2015-04-25 21:09:12

        नेपाली समयअनुसार आज अप्रिल पचीस तारिख मध्यान्ह बाह बजेतिर राजधानी काठमाण्डौँमा ठूलो भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्कका अनुसार, यो भूकम्प 8.1 रेक्टर स्केलको रहेको छ र भूकम्प स्रोतको गहिराइ बीस किलोमिटर रहेको छ। नेपाल सरकारका प्रवक्ताका अनुसार, हालसम्म भूकम्पबाट कम्तिमा 720 जनाको मृत्यु भएको छ। नेपालका लागि चीनको राजदूताबासका अनुसार, दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य केही चिनियाँ पर्यटकसँग सम्पर्क हुन सकेको छैन। अमेरिकी सीएनएन संचार संस्थाका अनुसार, भूकम्प गएपछि सगरमाथामा हिम पहिरो पनि गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ