फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको भूकम्पबारे संयुक्त राष्ट्र संघका महासचिवबाट दुःख व्यक्त

(GMT+08:00) 2015-04-26 10:59:44

नेपालमा गएको शक्तिशाली भूकम्पबाट व्यापक मानवीय हताहती, आधारभूत प्रबन्ध तथा साँस्कृतिक सम्पदा क्षतिप्रति संयुक्त राष्ट्र संघका महासचिव वान की मूनले वक्तव्य प्रकाशित गरेर दुःख व्यक्त गर्नुभएको छ।

उहाँले नेपाल सरकार तथा मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरु तथा अरु प्रकोपबाट पीडित सर्वसाधारणप्रति हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, संयुक्त राष्ट्र संघले नेपालको उद्धार कार्यमा समर्थन दिनुका साथै सबै अन्तर्राष्ट्रिय समुदायलाई समर्थनका लागि अपील पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ