फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भूकम्पपछि अन्तर्राष्ट्रिय समाजबाट उद्धार र सहायता

(GMT+08:00) 2015-04-26 13:11:17

नेपालमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले उद्धार र सहायता दिन सुरु गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र प्रधानमन्त्री ली ख छ्याङ्गले बेग्ला-बेग्लै रुपमा नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सम्वेदना सन्देश पठाउनुभएको छ। त्यसैगरी 62 जनाद्वारा गठित चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोली आज विहान सबेरै नेपालतर्फ प्रस्थान गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले जरुरी मानवीय सहायता योजना सुरु गरेर ठोस सहायताको उपाय गरिरहेको छ।

यसैबीच राष्ट्रसंघका महासचिव बान कि मूनले नेपाल सरकार तथा सर्वसाधारणप्रति हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ। अमेरिकी ह्वाइट हाउसले उद्धार टोली पठाउनुका साथै दश लाख अमेरिकी डलर सहायता दिने घोषणा गर्नुभएको छ। बेलायत, फ्रान्स, जर्मनीलगायत यूरोपेली मुलुक र यूरोपेली संघले नेपाललाई सहायता दिए तापनि ठोस रकमबारे घोषणा गरेका छैनन्। रुस र सिंगापूरले छुट्टा-छुट्टै रुपमा 50 जनाद्वारा गठित खोजी-उद्धार टोली पठाइएका छन्।

नर्वे र इटालीले नेपाललाई बेग्ला-बेग्लै रुपमा 38 लाख अमेरिकी डलर र तीन लाख यूरोको सहायता दिने भएका छन्। भारत र पाकिस्तान आदि मुलुकले खानेकुरा, पानी र सहायता प्रबन्धवाहक विमान पठाएका छन्।

अन्तर्राष्ट्रिय रेडक्रसले प्रकोप ग्रस्त क्षेत्रमा जरुरी सहायता गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ