फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालस्थित चिनियाँ दूतावासद्वारा सक्दो प्रयास गरी चिनियाँ नागरिकलाई सहायता

(GMT+08:00) 2015-04-26 13:16:34

नेपालमा भयंकर भूकम्प गएपछि नेपालका लागि चिनियाँ दूतावासले भयंकर प्राकृतिक प्रकोप उद्धार योजना तुरुन्तै सुरु गरेर सक्दो प्रयास गरी चिनियाँ नागरिकलाई सहयोग गरेको छ।

नेपालका लागि चिनियाँ राजदुत उ छुन थाइले सबै भन्दा छिटो नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर सम्वेदना व्यक्त गर्नुका साथै नेपाल सरकारसँग चिनियाँ नागरिकको उद्धार कार्यमाथि महत्व दिन अनुरोध गर्नुभएको छ। उहाँले उद्धारको जिम्मेवार लिने नेपाली सेनाका चिफ अफ स्टाफ गौरभ समशेर राणासँग पनि त्यस्तै अनुरोध गर्नुभएको थियो।

चीन नेपालको सबैभन्दा राम्रो साथी भएकाले नेपाल सरकारका सामु ठूलो कठिनाइ देखा परे तापनि चिनियाँ नागरिकको सुरक्षामा उच्च महत्व दिएर सक्रिय तथा प्रभावकारी कदम चालेर चिनियाँहरुको उद्धार गर्ने प्रधानमन्त्री र चिफ अफ स्टाफले जवाफ दिनुभएको छ।

सक्दो बढी चिनियाँ पर्यटकलाई स्वदेश फर्काउनका लागि हाल दुतावासले चिनियाँ पर्यटकलाई सहयोग गर्नुका साथै चिनियाँ एयरलाइन्स र नेपालको नागरिक उड्ययन मन्त्रालय तथा विमानस्थलसँग समन्वय गरिरहेको छ। साथै दुतावासको बन्दोवस्तमा चिनियाँ व्यवसायी संघ, नेपालका लागि चिनियाँ सहायता चिकित्सा टोली पनि चिनियाँ नागरिकको उद्धार कार्यमा संग्लन हुने तयारीमा छन्।

जानकारी तथा लेखहरु
सुझाउ