फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा परी मर्नेको संख्यामा ठूलो वृद्धि हुने अनुमान

(GMT+08:00) 2015-04-26 14:13:48

खोजी-उद्धार कार्य जारी हुनुका साथै भूकम्पबाट मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान नेपालको सेनाले गरेको छ।

नेपाली सैन्य पक्षको जिम्मेवार अधिकारीले काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्वार्ता दिँदै उक्त कुरा बताएका हुन्। ती अधिकारीका अनुसार, सैन्य पक्षका सबै बीस-तीस हेलिकप्टर उद्धार कार्यमा प्रयोग गरिएका छन्। प्रकोपबाट मृतकको संख्या चार हजारदेखि पाँच हजारसम्म पुग्ने अनुमान गरिएको छ।

यसैबीच आजै विहान चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोली काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ