|
|
|
|||||||||
|
||

नेपालमा विनाशकारी भूकम्प गएपछि चीन सरकारले तत्कालै कदम चालेर प्रकोप उद्धार सहायता उपलब्ध गराएको छ।

26 तारिख विहान चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोली काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। यो नेपालमा पुगेको संयुक्त राष्ट्रसंघद्बारा प्रमाणित पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उद्धार टोली हो।

नेपालका लागि चिनियाँ राजदुत उ छुन थाइले विमानस्थलमा उद्धार टोलीको स्वागत गर्दै सक्दो छिटो उद्धार टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

चिनियाँ उद्धार टोली 62 जना सदस्य र 6 सैन्य कुकुरद्बारा गठित छ। उद्धार टोलीले पाल, खाना, औषधि र पानी लगायत बीस टन सहायता सामग्री लिएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||