फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा गएको भूकम्पबाट तिब्बतका दुई लाखभन्दा बढी प्रभावित

(GMT+08:00) 2015-04-26 18:56:09

        तिब्बत स्वायत्त प्रदेशबाट प्राप्त पछिल्लो समाचारअनुसार, नेपालमा गएको भूकम्पबाट हालसम्म तिब्बतभित्र अठार जनाको मृत्यु हुनुका साथै पच्पन्नजना घाइते भएका छन्। भूकम्पको असरबाट दुई लाखभन्दा बढी तिब्बती नागरिकलाई असर पुर्‍याएको छ।

        प्राप्त जानकारीअनुसार, आज छब्बीस तारिख मध्य रातसम्म तिब्बती शिखाचेमा तीन रेक्टरस्केलभन्दा ठूला भूकम्पको दश पटक धक्का महसुस भएको छ तीमध्ये सबभन्दा ठूलो सात रेक्टर स्केलको छ। न्येलामु, चिलुङ, तिङर, सागा, चुङबा, यातुङ, लाच आदि जिल्लामा धेरै असर भएको छ। पछिल्लो खबर अनुसार, अठार जनाको मृत्यु हुनुका साथै चारजना बेपत्ता भएका छन्। साथै पच्पन्नजना घाइते भएका छन् र 1191 वटा घर-भवन र एउटा गुम्बा ध्वस्त भएका छन्। त्यसैगरी 5828 वटा घर-भवन र 54 वटा गुम्बामा आंशिक क्षति पुगेको छ। 58 वटा सञ्चार केन्द्रमा पनि क्षति पुगेको छ र दुई लाखभन्दा बढी नागरिक पीडित भएका छन्।

         यसबाहेक सिखाचेबाट न्येलामु जिल्ला पुग्ने र न्येलामु जिल्लाबाट खासा नाका पुग्ने बाटो गम्भीर रुपमा क्षति भएको छ। सडमकमा धेरैठाउँमा पहिरो गएको छ र अवरुद्ध छ। चिलुङ जिल्लाभरि बिजुली पनि अवरुद्ध भएको छ।

         तिब्बतले सातवटा स्वास्थ्य टोली र पाँच महामारी विरोधी टोली उद्दार कार्यमा खटेको छ। यसबाहेक तिब्बतले एकाइस हजार पाल, तेइस हजार कम्मल र खाने-पिउने कुरा, ‌औषधि आदि उद्धार सामग्री प्रकोप क्षेत्रमा पठाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ