फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विध्वंसकारी भूकम्पबाट अहिलेसम्म मर्नेको संख्या 2309

(GMT+08:00) 2015-04-26 18:58:43

        हिजो अप्रिल पचीस तारिख मध्यान्ह बाह बजेतिर नेपालमा 8.1 रेक्टर स्केलको विध्वंसकारी भूकम्प गएको छ। जसबाट हालसम्ममा करीब 2309 जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार, पैचिंग समय अनुसार अप्रिल 26 तारिख दिउँसो तीन बजेर नौ मिनेट जाँदा नेपालमा फेरि एक पटक 7.1 रेक्टर स्केलको भूकम्प गएको छ।

         नेपाली सैन्य पक्षको जिम्मेवार अधिकारीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्वार्ता दिँदै उक्त कुरा बताएका हुन्। ती अधिकारीका अनुसार, सैन्य पक्षका सबै हेलिकप्टर उद्धार कार्यमा प्रयोग गरिएका छन्। प्रकोपबाट मृतकको संख्या चार हजारदेखि पाँच हजारसम्म पुग्ने अनुमान गरिएको छ।

         भूकम्पपछि राजधानी काठमाडौँमा केही भवन ध्वस्त हुनुका साथै टेलिफोन सञ्चार पनि प्रभावित भएको छ। काठमाडौँ विमानस्थल केही समयसम्म बन्द भएको थियो। सगरमाथाको दक्षिणतिर हिउँ पहिरो जाँदा लगभग एक सय जना पर्वतारोही वेपत्ता हुनुका साथै विदेशीलगायत आठ जना पर्वतारोहीको मृत्यु भएको नेपालको गृह मन्त्रालयले पुष्टि गरेको छ।

         भूकम्पपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्ग र विदेश मन्त्री वाङ्ग यीले बेग्ला-बेग्लै रुपमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई सम्वेदना सन्देश पठाएर मृतकप्रति शोक श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवार तथा घाइतेहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ। साथै नेपाललाई सबै आवश्यक उद्धार सहायता दिने इच्छा पनि व्यक्त गर्नुभएको छ। चीन सरकारले आपतकालीन उद्धार सामग्री तयारी गर्दै सक्दो छिटो नेपालमा पठाउने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 25 तारिख जानकारी दिनुभएको थियो।

         26 तारिख विहान चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। यो नेपालमा पुगेको संयुक्त राष्ट्रसंघद्बारा प्रमाणित पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उद्धार टोली हो।

         नेपालका लागि चिनियाँ राजदुत उ छुन थाइले विमानस्थलमा उद्धार टोलीको स्वागत गर्दै नेपालमा गएको पहिलो उद्धार टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। चिनियाँ उद्धार टोलीमा 62 जना सदस्य र 6 सैन्य कुकुर सहभागी छन्। उद्धार टोलीले पाल, खाना, औषधि र पानी लगायत बीस टन सहायता सामग्री लगेको छ।

          चिनियाँ वाणिज्य मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, नेपालको भूकम्पसम्बन्धी जरुरी मानवीय सहायता योजना सुरु गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले नेपालमा गएको विनाशकारी प्रकोप र सहायता मागमाथि उच्च महत्व दिँदै आपतकालीन मानवीय सहायता योजना सुरु गरी सम्बन्धित विभागसँग ठोस विषयबारे तयारी गरिरहेको मन्त्रालयका जिम्मेवार अधिकारीले जनाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ