फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपाललाई दोस्रो चरणको सहायता

(GMT+08:00) 2015-04-29 11:07:37

चीनले नेपालको प्रकोपग्रस्त क्षेत्रलाई दोस्रो चरणको सहायता दिने भएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले 28 तारिख राति प्रकाशित गरेको विज्ञप्तीका अनुसार, पहिलो चरणमा दुई करोड चिनियाँ युआनको जरुरी मानवीय सहायता सामग्रीपछि चीनले नेपाललाई पानी सफा गर्ने प्रबन्ध, जरुरी उद्धार सामग्री, त्रिपाललगायत चार करोड चिनियाँ युआनको सामग्री दिनेछ।

नेपालमा उद्धार गरिरहेको चिनियाँ सरकारी चिकित्सा टोलीले 27 तारिख बिहान काठमाडौं पुगेपछि हालसम्म सयौं घाइतेको उद्धार तथा उपचार गरिसकेको छ। साथै छ जनाद्बारा गठित चिकित्सा टोलीले हिजोदेखि काठमाण्डौस्थित एउटा ठूलो चोकमा निःशुल्क रुपमा चिकित्सा उपचार दिइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ