फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भूकम्पबाट 25प्रतिशत जनसंख्या पीडित

(GMT+08:00) 2015-04-29 11:09:16

नेपालमा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार 57 जना पुगेको छ। साथै प्रकोपबाट पीडित जनसंख्या 80 लाख पुगेसँगै कुल जनसंख्याको 25प्रतिशत पीडित भएको विदेशी सञ्चार माध्यमले जनाएको छ।

चीन सरकारद्बारा दिइने दुई करोड चिनियाँ युआनको सहायता सामग्री 28 तारिख बिहान पटक-पटक नानचिङ्गस्थित विमानस्थलबाट पठाइएको छ। नेपाल सरकारको मागका अनुसार, यो सामग्रीमा दश हजार कम्बल, 16 सय त्रिपाल, तीन सय 27 वटा पेट्रोलमार्फत बत्ती बाल्ने साधान समेटेका छन्। सोही दिन मध्यान्ह चिनियाँ सरकारी सहायता सामग्रीबाहक पहिलो सैन्य विमान काठमाडौं पुगिसकेको छ।

चिनियाँ रेडक्रसको पहिलो उद्धार टोली 28 तारिख नेपाल गएको हो। सोही दिन बिहान सबेरै चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोलीले काठमाडौंमा भग्नावशेषबाट एक जनाको जीवितै उद्धार गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ