
नेपालको माँगमा चिनियाँ सशस्त्र प्रहरीको यातायात उद्धार टोली आज विहान खासाबाट नेपालमा प्रवेश गरी खासाबाट काठमाडौंसम्म एक सय चौध किलोमिटर लामो अरनिको राजमार्गको पुन:निर्माण गर्नेछ। चिनियाँ सशस्त्र प्रहरीको यातायात उद्धार टोलीले विदेशमा उद्धार कार्य गर्ने यो पहिलो पटक हो।
चिनियाँ सशस्त्र प्रहरीको यातायात उद्धार टोलीका पाँच सय जना भन्दा बढी जवान र एक सय असी वटा मेशिन छन्। भौगोलिक स्थितिको सर्भेक्षणका लागि यस टोलीले स्वचालित विमानको तयार पनि गरेको छ।
अप्रिल 25तारिख गएको महाभूकम्पपछि अरनिको राजमार्ग ध्वस्त भएको छ। यस राजमार्गको पुन:निर्माणपछि भूकम्पग्रस्त क्षेत्रको निर्माणका लागि अर्थपूर्ण हुनेछ।