फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्प प्रकोपग्रस्त अधिकांश तिब्बती क्षेत्रमा पुनः बिजुलीको उज्यालो

(GMT+08:00) 2015-05-05 10:29:36

      चीनको राज्य ग्रिडका अनुसार, हाल तिब्बती शिगाचेमा तीन किलोमिटरको चार सय भोल्ट बिजुली लाइन जोडिएको छ जसबाट सात सयभन्दा बढी पालहरुमा बिजुलीको उज्यालो पुर्‍याइएको छ। साथै चिलुङ जिल्लाका सात सय पालमा पनि बिजुली पुर्‍याइएको छ। यसबाट करीब पुरै चिलुङ जिल्लामा आधारभूत रुपमा बिजुलीको उज्यालो पुर्‍याइएको छ। यसबाहेक न्येलाम जिल्लाका अस्पताल, स्कूल, अस्थायी बसोबास क्षेत्रका चार सय बीसभन्दा पालमा पनि बिजुलीको उज्यालो पुर्‍याइएको छ भने जिल्लाका सबै अस्थायी बसोबास क्षेत्रमा बिजुली पुगेको छ।

      गत अप्रिल पच्चीस तारिख नेपालमा गएको भूकम्पबाट तिब्बती क्षेत्र पनि प्रकोपग्रस्त भएको थियो। त्यसपछि चीनको राज्य ग्रिडको तिब्बती विभागले आकस्मिक गतिविधि संचालन गर्दै अनुसन्धान तथा पुनःनिर्माण गर्न थालेको थियो।

      हालसम्म शिगाचेमा पुनःनिर्माणमा प्रयोग भएका उद्धारकर्मीको संख्या एक सय सत्तरीभन्दा बढी पुगेको छ। साथै बिजुली उत्पादन गाडी र सामग्री ढुवानी गाडीहरु प्रकोपग्रस्त क्षेत्रमा पुगेर स्थानीय बिजुलीको समस्या समाधान गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ