फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपालको नजीककै छिमेकी मित्रः संयुक्त राष्ट्र संघका अधिकारी

(GMT+08:00) 2015-05-05 14:37:46

        संयुक्त राष्ट्र संघका उप महासचिव एवम् संयुक्त राष्ट्र संघ विकास योजना कार्यालयका प्रमुख हेलेन क्लार्कले अप्रिल पच्चीस तारिख नेपालमा भूकम्प गएपछि चीनद्बारा सबैभन्दा पहिला उद्धार सहायता दिइएबाट चीन नेपालको राम्रो मैत्री छिमेकी मुलुक भएको स्पष्ट हुने प्रतिक्रिया दिनुभएको छ।

        मे महिनाको चार तारिख पैचिङ्गमा बोल्दै उहाँले यस्तो कुरा बताउनुभएको हो।

         भूकम्प गएपछि चीन सरकारले नेपाललाई दुई करोड चिनियाँ युआनको सामाग्री सहायता दिनुका साथै दोस्रो चरणमा चार करोड चिनियाँ युआन बराबरको सामाग्री सहायता उपलब्ध गराएको थियो।

          हालै चीनको पाँच वटा राष्ट्रिय स्तरका चिकित्सा टोलीले नेपालमा उद्धारका गतिविधिमा संलग्नता जनाएका छन्।

जानकारी तथा लेखहरु