फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकाका परराष्ट्रमन्त्रीद्वारा भूकम्पपीडितको उद्धारमा चीनको सहयोगको प्रशंसा

(GMT+08:00) 2015-05-13 10:21:45

        नेपाली परराष्टमन्त्री महेन्द्र बहादुर पाण्डेले मे12 तारिख मंगलबार सिंह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै चीनले नेपालको भूकम्पमा गरेको उद्धारको प्रशंसा गर्नु भएको छ।

        मन्त्री पाण्डेले अन्तर्वार्ताका क्रममा चीन सरकार र चिनियाँ जनतालाई नेपालमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले भन्नु भएको छ'हामी चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गर्दछौँ किनभने नेपालको पीडामा चीनले महत्वपूर्ण सहयोग गरेको छ।'

        भूकम्पपछि पुन निर्माणका लागि पूर्वाधार महत्वपूर्ण हुनुका साथै राजमार्ग, विमानस्थल र उर्जा प्रबन्धको निर्माण अत्यावश्यक हुन्छ भन्दै उहाँले एशियाली पूर्वाधार लगानी बैंक र सम्बन्धित मौंद्रिक संस्थाबाट यस क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसकिने कुरा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ