फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री राहत कोषमा दुई अर्ब बढी जुट्यो

(GMT+08:00) 2015-05-18 18:58:58

        भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब 71 करोड 41 लाख छ हजार 1 सय 51 रूपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको अनलाइन खबरले लेखेको छ।

         आज सोमबार उक्त कोषमा आठ करोड 62 लाख 97 हजार 4 सय 4 रूपैयाँ दाखिला भएको छ। कोषमा विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ