फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पुनर्उत्थानमा अमेरिकाको साथ रहने ओबामाको प्रतिबद्धता

(GMT+08:00) 2015-05-19 19:18:43

        अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको पुनर्उत्थानका लागि अमेरिकाको अझ बढी सहयोग गर्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझ्दै ओबामाले नेपालको विपतमा अमेरिकाको साथ रहने भन्दै आश्वस्त पार्नु भएको अनलाइन खबरले लेखेको छ।

         ओबामाले भूकम्पले सिर्जना गरेको चुनौती तथा पुर्नस्थापनाका लागि दीर्घकालिन प्रतिवद्धता र कठिन परिश्रमको आवश्यकता औंल्याउनुभयो। नेपालले दिगो आर्थिक विकास र उन्नतिको बाधक दशक लामो आन्तरिक द्वन्द्वसमाधान गरी संविधानसभाको चुनावमार्फत प्रजातान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै खुला अर्थतन्त्र अबलम्बन गरी आर्थिक अभिवृद्धिका लागि छिमेकी मुलुकहरुसँग ब्यापार सम्झौता तथा दक्षिण एसियाबीच सन्नीकटताका लागि योगदान पुर्याउन सफल भएको भन्दै उहाँले प्रशंशा ब्यक्त गर्नुभयो।

         ओबामासँगको भेटमा राजदूत कार्कीले आगामी दिनमा राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यमा अमेरिकी सहयोग अझ बढी प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो। राजदूत कार्कीले भूकम्पपछि पुनर्निर्माणका लागि काठमाडौँमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनबारे ओबामालाई जानकारी गराउनु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ