फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतले नेपालको स्वास्थ्यका लागि 1 करोड पाउण्ड सहयोग गर्ने

(GMT+08:00) 2015-05-21 19:21:25

       नेपालमा हालै गएको विनाशकारी महाभूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्थापना, औषधि तथा उपकरण खरिदका लागि बेलायतले 1 अर्व 58 करोड अर्थात 1 करोड पाउण्ड सहयोग गर्ने बचन दिएको छ। नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी) की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तामा उक्त परिमाणको सहयोग गर्ने घोषणा गर्नुभएको सेतोपाटी अनलाइनले लेखेको छ।

        प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री कोइराला र ग्रिनबीच नेपालमा हालै आएको विनासकारी भूकम्पले पुर्‍याएको क्षति, उद्धार, राहत पुनर्स्थापना, पुनर्निर्माण, नेपाल र बेलायतको सम्बन्ध सहितका विषयमा कुराकानी भएको थियो।

        सभासद् ग्रिनले संयुक्त अधिराज्य बेलायतले नेपालका भूकम्प पीडितका लागि उपलब्ध गराउने सहयोग भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्थापना, पुनर्स्थापना, औषधि र उपकरण खरिदसहितका सेवाहरु खर्च गरिने जानकारी दिनुभयो।

        भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले 82 बर्षका अन्तरालपछि सबैभन्दा ठूलो विपद्को सामना गर्नु परेको बताउनुभयो। उहाँले निकटका छिमेकी भारत र चीन सहित नेपालको विकासका साझेदार बेलायत, अमेरिका जापान, यूरोपेली मुलुक सहित दक्षिण एशिया, पूर्वी एशिया, एशिया प्रशान्त, मध्यपूर्वका मुलुकहरुले खोजी, उद्धार, उपचार र राहत कार्यमा खुला हृदयले सहयोग गरेको बताउनुभयो। उहाँले नेपालसँग यति ठूलो विपद्को व्यवस्थापन गर्ने आवश्यक दक्ष जनशक्ति, बन्दोबस्तीका सामान नभए पनि विदेशी मित्रराष्ट्रहरुको सहयोगमा तदारुकताका साथ काम गर्न सकिएको बताउनुभयो।

        भेटमा प्रधानमन्त्री कोइरालाले बैशाख 12 गतेको ठूलो भूकम्प र त्यसपछिका पराकम्पनहरु गैइरहे पनि अब खोजी र उद्धारको चरण समापनतिर पुग्न लागेको र राहत र अस्थायी पुनस्थापनाको काम आरम्भ भएको जानकारी दिनुभयो।

         उहाँले पुनस्थापना र पुनर्निर्माणको काममा नेपाललाई ठूलो स्रोत साधनको आवश्यकता भएको जानकारी दिर्दै यसका लागि संयुक्त राष्ट्र संघले पहल गरिरहेको बताउनुभयो।

        सभासद् ग्रिनले नेपालमा छिट्टै मनसून शुरु हुने र त्यसपछिका 2 /3 महिना पहाडी र दुर्गम स्थानमा खाद्यान्न सहितका सामान पुर्‍याउन कठिन हुने भएकोले जिल्लाहरुमा सामान भण्डार गर्नका लागि सामान ओर्सान हेलिकोप्टर उपयोगी हुने कुरा पनि उठाउनु भएको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ