फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्प पीडितको राहत र उद्दारमा अहिलेसम्म साढे 5 अर्ब सकियो

(GMT+08:00) 2015-05-22 19:15:59

         नेपाल सरकारले भूकम्प पीडितको राहत तथा उद्दार कार्यमा हासम्म साढे पाँच अर्ब रुपैयाँ खर्च गरिसकेको छ। त्यस बाहेक अस्थायी आवास बनाउन प्रतिपरिवार 15 हजारका दरले उपलव्ध गराउन थप साढे 2 अर्ब रुपैयाँ जिल्लाहरुमा गइसकेको छ। सरकारले हालसम्म सात लाख 35 हजार 2 सय 9 थान त्रिपाल वितरण गरिसकेको गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताउनुभयो। गैरसरकारी संघ संस्था, व्यक्ति र समुदायले आआफ्नै ढंगले वितरण गरेका त्रिपालको संख्या यसमा समावेश नभएको अनलाइन खबरले लेखेको छ।

          सरकारले बाँडेका त्रिपालहरु रेडक्रस, स्थानीय निकाय, शहरी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगबाट प्राप्त भएका हुन्। तर पनि बजारमा त्रिपालको अभाव रहेको छ। गृहमन्त्रालयका अनुसार हालसम्म करीव डेढ लाख क्वीन्टल चामल र एक हजार क्वीन्टल चिनी भूकम्प प्रभावित जिल्लामा पठाइएको छ। चाउचाउ, बिस्कुट लगायत सुख्खा खाद्यान पनि ठूलो परिणाममा पठाइएको छ।

           त्यस्तै सरकारको तर्फबाट भूकम्प पीडितलाई विहीबार साँझसम्म करीव डेढ लाख थान कम्बल र करीव 14 हजार थान म्याट्रेस वितरण गरिएको दंगालले बताउनुभयो। अब सरकारले खाद्यान्न र त्रिपाल बाँड्न छाड्ने र अस्थायी आवास तथा विउबिजन उपलव्ध गराउने योजना रहेको गृहमन्त्रालयले जनाएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ