फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सडक तथा आवास पुनर्निर्माणमा सहयोग गर्न चीन इच्छुक

(GMT+08:00) 2015-05-22 19:16:24

        चीनले विनाशकारी भूकम्पका कारण तहसनहस भएका सडक तथा आवासहरु पुननिर्माणमा सघाउने इच्छा देखाएको छ। भूकम्पपछिको राहत, पुनःस्थापना र पुनःनिर्माणबारे नेपाली अधिकारीहरुसँग छलफल गर्न चीनको परराष्ट्रमन्त्रालयका उपमन्त्री लिउ चियान छाओ नेपाल जानु भएको छ। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिउले भूकम्पले भत्किएका सडक र भवनहरु पुनःनिर्माणमा सघाउन चीन तयार रहेको बताउनुभयो। यसबारे नेपाल सरकारसँग छलफल गर्ने उहाँले बताउनु भएको अनलाइन खबरले लेखेको छ।

         चीनको परराष्ट्र मन्त्रालयका उपमन्त्री लिउले हिजो बिहीबार नै प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भूकम्पले भएको क्षति, खोजी, उद्धार, राहत र अब हुने पुस्थापना तथा पुनःनिर्माणबारे छलफल गर्नु भएको छ। यस पटकको भूकम्प नेपालले 82 बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको भन्दै उहाँले आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको बताउनुभयो। विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा पठाएर चीनले नेपालको पीडामा मल्हम लगाएको कोइरालाले बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ।

         कोइरालाले खोजी र उद्धार कार्य समापनतिर गएको तथा राहत र पुनःस्थापना चलिरहेको बताउनुभयो। साथै वर्षा अगावै पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको बताउनुभयो। भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो। कोइरालाले पुनःस्थापना र पुनर्निर्माणमा पनि नेपाललाई मित्रराष्ट्रहरुको हयोग आवश्यक पर्ने बताउनुभएको छ।

          उहाँले चीनले दिने सहयोग निरन्तर जारी राख्ने बताउनु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा चीन-नेपाल-भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको भन्दै उहाँले नेपालले गर्ने दातृराष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने बताउनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ