फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा दुईसय चालीस नेपाली र उनानब्बे विदेशी बेपत्ता

(GMT+08:00) 2015-05-23 18:55:28

        नेपालमा गत वैशाख 12 र 29 गते आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या 8 हजार 650 पुगेको छ। 22 हजार 40 जना घाइते भएका छन्। यो विवरण आज शनिबार विहान 10 बजेसम्मको हो। राष्ट्रिय समाचार समितिका अनुसार भूकम्पमा परी दुईसय 40 नेपाली र 89 जना विदेशी बेपत्ता भएका जनाउँदै नेपाल प्रहरीले खोजी जारी रहेको बताएको छ।

        भूकम्पबाट पूर्ण तथा आंशिक गरी काठमाडौँ उपत्यकामा 67 हजार 188, पूर्वाञ्चलमा 45 हजार 930, मध्यमाञ्चलमा दुई लाख 862, पश्चिमाञ्चलमा एक लाख 45 हजार 428, मध्यपश्चिमाञ्चलमा तीन हजार 195 र सुदूरपश्चिमाञ्चलमा 50 गरी चार लाख 62 हजार 653 भौतिक संरचनामा क्षति भएको छ।

         भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा 1 हजार 730, पूर्व क्षेत्रमा 58, मध्य क्षेत्रमा 6 हजार 408, पश्चिम क्षेत्रमा 452 र मध्य पश्चिम क्षेत्रमा 2 जना छन्। घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा 12 हजार 983, पूर्व क्षेत्रमा 454, मध्य क्षेत्रमा 7 हजार 233, पश्चिम क्षेत्रमा 1 हजार 332, मध्यपश्चिम क्षेत्रमा 36 र सुदूरपश्चिम क्षेत्रमा 2 जना छन्।

         मृतक 8 हजार 612 जनाको शव आफन्तलाई बुझाइसकिएको छ भने घाइतेमध्ये 5 हजार 307 जना विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। यसैगरी हालसम्म 230 नेपाली र 89 विदेशी नागरिक बेपत्ता भएका छन्।

         भूकम्पबाट पूर्ण तथा आंशिक गरी 6 लाख 2 हजार 653 भौतिक संरचनाहरु क्षती भएका छन्। सबैभन्दा धेरै पश्चिम क्षेत्रमा 1 लाख 45 हजार 428 भौतिक संरचनामा क्षति पुगेको छ। काठमाडौं उपत्यकामा 67 हजार 188, पूर्व क्षेत्रमा 45 हजार 930, मध्य क्षेत्रमा 20 हजार 862, मध्यपश्चिम क्षेत्रमा 3 हजार 195 र सुदूरपश्चिम क्षेत्रमा 50 भौतिक संरचना क्षतिग्रस्त भएको प्रहरीको तथ्यांक छ।

          नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका भूकम्प प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण भइरहेको छ। भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती गर्ने, उद्दार तथा खोज कार्यमा पनि सुरक्षाकर्मीहरु खटिएका छन्। नेपाल प्रहरीबाट देशभर 44 हजार 6 सय 29 जना प्रहरी कर्मचारी परिचालित छन्।

 

जानकारी तथा लेखहरु
सुझाउ