फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली र पेरुका राष्ट्रपति ओलान्ताद्वारा संयुक्त पत्रकार सम्मेलन

(GMT+08:00) 2015-05-23 19:00:25

       हिजो बाईस तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङ र पेरुका राष्ट्रपति ओलान्ता हुमाला तास्सोबीचमा भेटवार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन आयोजना भएको थियो।

        पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले सो वार्तामा प्राप्त सफलताका बारेमा जानकारी दिनुभयो। उहाँले यसपटकको ल्याटिन अमेरिकाको भ्रमणमा पेरु आफ्नो तेस्रो स्टेशन रहेको बताउँदै ब्राजिल, कोलम्बिया र पेरु तीन मुलुकका नेतासँग व्यापारमा लगानी, उपकरण निर्माण, आधारभूत प्रबन्धको निर्माण आदि क्षेत्रमा सहयोग सबल पार्न सफल भएको बताउनुभयो। उहाँले "दुइ समुद्र सम्बन्धी रेलमार्ग"को निर्माणमा चीन सकारात्मक सहभागी हुने इच्छा रहेको बताउनुभयो।

         राष्ट्रपति ओलान्ताले पेरु र चीनले स्वतन्त्रता व्यापार साझेदारीमा हस्ताक्षर गरेको, चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध निर्माण गरेको र सोबाट दुवै मुलुक बीचको विकास उज्जल रहेको बताउनुभयो। उहाँले पेरुले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई सुदृढ पार्ने औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ