फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङताउ शहरले नेपालका भूकम्पपीडित विद्यार्थीलई सहयोग गर्ने

(GMT+08:00) 2015-05-24 18:44:15

        यूनेस्को शिक्षा संचार सम्मेलन चीनको छिङताउ शहरमा आयोजना भएको छ। हिजो तेईस तारिख छिङताउ शहरले युनेस्कोमार्फत नेपालको भूकम्प पीडित विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने निर्णय गरेको छ।

         चिनियाँ कम्युनिष्ट पार्टी छिङताउ नगर कमिटीका सचिव ली छ्वीङले नेपालको भूकम्पमा धेरै विद्यार्थीहरुलाई स्कुल जाने कठिनाइ रहेको बताउनुभयो। उहाँले छिङताउ रेड क्रस र निलो आकाश उद्धार टोलीले नेपालमा एक्काइसदिन उद्धार कार्य गरेर बाईस तारिख छिङताउमा फर्केको जानकारी दिनुभयो।

         यूनेस्कोका महानिर्देशक इरिना बोकोभाले छिङताउ शहरले नेपालका पीडितलाई सहयोग गर्ने निर्णय गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो।

         नेपालको शिक्षा मन्त्रालयका अधिकारीले चीनद्बारा धेरै क्षेत्रमा नेपाललाई धेरे ठूलो मद्दत र समर्थन दिएको भन्दै नेपाली जनताको सबैभन्दा कठिन समयमा विभिन्न सरकारको समर्थन र मद्दतप्रति धन्यबाद व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ