फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"परमाणु हतियार अप्रसार सन्धि" नवौँ छलफलमा कुनै सफलता प्राप्त नभएपछि महासचिव बान निराश

(GMT+08:00) 2015-05-24 18:44:47

         संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले हिजो तेईस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै "परमाणु हतियार अप्रसार सन्धि" नवौं छलफल सम्मेलनमा कूनै सफलता प्राप्त नभएको उल्लेख गर्दै सो बाट आफू निराश भएको बताउनु भएको छ।

       "परमाणु हतियार अप्रसार सन्धि"मा हस्ताक्षर गरेका विभिन्न मुलुकले मध्य-पूर्व गैर-आणविक तथा आम विनाशकारी हतियार आदि समस्यामा कुनै नयाँ सफलता प्राप्त नभएको महासचिव बानले आफ्नो वक्तव्यमा उल्लेख गर्नु भएको छ।

          महासचिव बानले आफ्नो वक्तव्यमा "परमाणु हतियार अप्रसार सन्धि"मा हस्ताक्षर गरेका विभिन्न मुलुकले आणविक निसस्त्रीकरण, परमाणु हतियार अप्रसार आदि क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गर्ने गरी प्रयास गर्न आह्वान पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ