फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे दुइ वर्ष पछि जापान र दक्षिण कोरिया बीचमा आर्थिक छलफल

(GMT+08:00) 2015-05-24 18:45:12

        हिजो तेईस तारिख जापान र दक्षिण कोरियाले मौद्रिक तथा आर्थिक समस्यामा टोकियोमा अर्थ मन्त्री बीचको वार्ता आयोजना गरेका छन्। जापानका अर्थ मन्त्री आसो तारो र दक्षिण कोरियाका अर्थ मन्त्री छोइ क्युङ ह्वान यस पटकको वार्तामा सहभागी हुनुभएको छ। सन् 2012 को नोभेम्बरदेखि साढे दुइ वर्षपछि दुवै मुलुकले आर्थिक वार्ता गरेको यो पहिलो हो।

        दक्षिण कोरिया र जापानका अर्थ मन्त्रीबीचको वार्ता सन् 2006 मा पहिलो पटक आयोजना भएको थियो। त्यसपछि हालसम्म पाँच पटक यस्ता बार्ता आयोजना भइसकेको छ। विगत केही वर्षदेखि जापानका नेताले यासुकुनी देवलको पूजा-आजा गरेको, आक्रमणकारी इतिहासको संवर्द्धन गरेको, दक्षिण कोरिया र जापान बीचको सीमा क्षेत्र आदि समस्याका कारण दुवै मुलुकका अर्थमन्त्रीबीचको वार्ता सन् 2012 नोभेम्बपछि हुन सकेको थिएन।

          वार्तामा दुवै पक्षले मौद्रिक, आर्थिक विषयसँगै आदान-प्रदान विषयमा छलफल गरेका छन्। दुवै पक्षले चीनले प्रस्तुत गरेको एशियाली पूर्वाधार लगानी बैंकका बारेमा पनि छलफल भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ