फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-ल्याटिन अमेरिका मानवीय सांस्कृतिक आदान-प्रदान गोष्ठीमा प्रधानमन्त्री लीको उपस्थित

(GMT+08:00) 2015-05-24 18:46:10

        चीन तथा कोलम्बियाको संस्कृतिमन्त्रालयबाट संयुक्त रुपमा गठन भएको चीन-ल्याटिन अमेरिका मानवीय सांस्कृतिक आदान-प्रदान गोष्ठी गत बाइस तारिख बोगोटाको सान कार्लोस दरबारमा सम्पन्न भएको छ। सो अवसरमा चीनका प्रधानमन्त्री ली ख छ्याङ र कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस काल्डेरोन उपस्थित हुनुहुन्थ्यो।

        गोष्ठीमा दुई देशका साहित्य तथा कला क्षेत्रका प्रतिनिधिहरुले मन्तव्य दिँदै आ-आफ्नो देशको साहित्य विकासको अवस्थाबारे जानकारी दिएका छन्।

        ली ख छ्याङले ती मन्तव्य सुनेर यसै वर्ष चीन-कोलम्बिया दौत्य सम्बन्ध स्थापना भएको पैँतीसौँ वार्षिकोत्सवका उपलक्ष्यमा यो भ्रमणले दुई देशबीच अनेकौँ द्वीपक्षीय व्यावहारिक सहयोग उपलब्धि गराउने बताउनुभयो। चीन-कोलम्बिया र चीन-ल्याटिन अमेरिका सहयोग भौतिक तहको मात्र नभएर आत्मीय तहको पनि रहेको प्रधानमन्त्री लीले औँल्याउनुभयो।

          राष्ट्रपति जुआनले दुई देशका सांस्कृतिक तथा कला क्षेत्रबीचको आदान-प्रदानबाट दुई देशका जनताबीचमा समझदारी बढ्ने र दुई देशबीचमा अझै राम्रो सम्बन्ध विकास हुने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ