फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-जापान मैत्री आदान-प्रदान सम्मेलनमा राष्ट्रध्यक्ष सीद्वारा सम्बोधन

(GMT+08:00) 2015-05-24 18:46:47

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो तेइस तारिख पैचिङ जन बृहत्त सभा भवनमा आयोजित चीन-जापान मैत्री आदान-प्रदान सम्मेलनलाई सम्बोधन गरी दुई पक्षले इतिहासबाट सिकेर चीन-जापान चार सम्झौताका आधारमा विकास गरी एशिया तथा विश्वको शान्तिका लागि योगदान दिनुपर्नेमा जोड दिनुभयो।

         राष्ट्रध्यक्ष सीले चालु वर्ष चिनियाँ जनताले जापान विरोधी युद्ध विजय भएको र विश्व फासिस्ट विरोधी युद्ध विजय भएको सत्तरीऔँ वर्ष मनाउँदै गरेको स्मरण गर्दै जापानले गरेको अपराध हटाउनु नहुने कुरामा जोड दिनुभयो। चीन र जापानले इतिहासबाट सिकेर शान्तिपूर्ण विकासलाई बढाई एशिया तथा विश्वको शान्तिको लागि योगदान दिनुपर्ने पनि उहाँले दोहोर्‍याउनुभयो।

         केही वर्षको अन्तरालमा चीन र जापानबीच मैत्रीपूर्ण रुपमा भव्य कार्यक्रम आयोजना गरिएको यो पहिलो हो। सो सम्मेलनमा जापानी विभिन्न क्षेत्रका तीन हजारभन्दा बढी मैत्रीपूर्ण व्यक्तिहरुको उपस्थित थियो।

जानकारी तथा लेखहरु
सुझाउ