फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशमा चिनियाँ भाषा प्रारम्भिक प्रतियोगिता

(GMT+08:00) 2015-05-24 18:47:11

        बंगलादेशको ढाका विश्वविद्यालयस्थित चीन अध्ययन केन्द्रमा चौँधौँ चिनियाँ भाषा प्रारम्भिक प्रतियोगिता सम्पन्न भएको छ। बंगलादेशका चार वटा विश्वविद्यालयका विद्यार्थीहरुले उक्त प्रतियोगितामा मेरो चीन सपना शीर्षकमा भाग लिएका छन्। सहभागीहरुले चिनियाँ भाषाबाट मन्तव्य, चीनसम्बन्धी हाजिरीजवाफ, चिनियाँ लिपी कला, चिनियाँ कुङफुलगायत विभिन्न कार्यक्रममार्फत आफ्नो कला प्रदर्शन गरेका छन्। चौधौँ चिनियाँ भाषा विश्वका विभिन्न विश्वविद्यालयमा चिनियाँ भाषा पढ्ने विद्यार्थीहरुबीचमा हुने गर्दछ।

         चालु वर्ष चीन-बंगलादेश दौत्य सम्बन्ध स्थापना भएको चालीसौँ वर्ष हो। बंगलादेशका लागि चीनका सांस्कृतिक काउन्सलर छन श्वाङले सन् 2010 देखि 2015 बीचमा दुई देशबीचको सांस्कृतिक आदान-प्रदान उच्च गतिमा बढ्दै आएको र चिनियाँ संस्कृतिले बंगलादेशी जनतालाई आकर्षण गरेको बताउनुभयो।

         यसका साथै बंगलादेश सरकारले चीनसँगको सांस्कृतिक आदान-प्रदानमा पनि धेरै ध्यान दिएको छ। हाल एकाइसौँ शताब्दी समुद्री रेशमी मार्ग वरिपरिका महत्वपूर्ण देश र बंगलादेश-चीन-भारत-म्यामार आर्थिक कोरिडर निर्माणमा सक्रिय सहभागीको रुपमा रहेको बंगलादेशले आर्थिक तथा व्यापारिक आदान-प्रदानबाहेक दुई देशबीचको सांस्कृतिक आदान-प्रदानमा पनि धेरै ध्यान दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ