फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थतन्त्र उकास्न आन्तरिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीद्वारा विशेष कार्यक्रम

(GMT+08:00) 2015-05-25 17:20:57

विनाशकारी भूकम्पले विदेशी पर्यटकको संख्यामा कमी आउन थालेपछि चितवन, लुम्बिनी र पोखराका पर्यटन ब्यबसायीले अहिले विशेष छुट प्याकेज सहित आन्तरिक पर्यटकलाई घुम्न अनुरोध गरिरहेका छन्।

विदेशी पर्यटकको अभावमा होटल सुनसान हुन थालेपछि भूकम्प र त्यसपछिको पराकम्पनले त्रासमा रहेका राजधानीबासीलाई पोखरा, चितवन, लुम्बिनी सुरक्षित गन्तब्य रहेको जनाउदैँ पारिवारिक छुट सहितको प्याकेज घोषणा गरी आन्तरिक पर्यटन प्रवर्द्धन गरिरहेका छन्।

क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष एवं वाइल्ड लाईभ क्याम्पका संचालक शंकर सैजु विदेशी पर्यटक आउन छाडेपछि अहिले नेपालीलाई लक्षित गरी विशेष प्याकेजसहित चितवनका होटलले सहुलियत र छुट दिएको बताउनुभयो। काठमाडौंबाट चितवनसम्म आउने र जाने बाटो सुरक्षित रहेको जनाउदैँ सैजुले राजधानी बासीको केही भएपनि भय र त्रास कम होस् भनेर आफुहरुले यस्तो छुट राखेको जनाउनुभयो।

विदेशी दुतावास र अन्तराष्ट्रिय संचारमाध्यमले समेत भूकम्पको कारण नेपाल घुम्नु जोखिमपूर्ण रहेको सन्देश प्रवाह गरेपछि चितवनका होटल संचालक सैजु मात्र हैन अन्य क्षेत्रका पर्यटन व्यबसायी पनि अहिले राजधानी काठमाडौंमा भूकम्पको त्रास र त्यसपछिको पराकम्पनबाट मुक्ति पाउन नेपालकै अन्य स्थान घुम्न अनुरोध गरिरहेका छन्। नेपाल पर्यटन बोर्डका सदस्य सचिव एवं होटल एसोसियसन अफ नेपालका कोषाध्यक्ष घनेन्द्र श्रेष्ठले भूकम्प त्रासले विदेशी पर्यटकको संख्यामा कमी आएपछि नेपालीलाई बैंकक, सिगापुर र विदेशका अन्य स्थान घुम्न नभएर आफ्नै देशका पर्यटकीय स्थान जान अनुरोध गर्नुहुन्छ, गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ