फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पले कमजोर भएको व्यवसायको पुनरुत्थानका लागि केन्द्र स्थापनामा जोड

(GMT+08:00) 2015-05-25 17:22:13

उद्योग परिसंघले भूकम्पपछि क्षति भएका साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्कनका लागि व्यवसाय पुनरुत्थान केन्द्र स्थापनाको माग गरेको छ। परिसंघले आइतबार पत्रकार सम्मेलन गरी मौद्रिक तथा आर्थिक नीतिमा समेत व्यवस्था गरी पुनरुत्थानको माग गरेको हो। 'कर, भन्सार आदि क्षेत्रमा पनि तत्काल परिमार्जन सहितको व्यवस्था सरकार, राष्ट्र बैंक र बिमा समितिले समेत लागू गर्नु आवश्यक छ भन्ने विषय औंल्याई सम्भावित सुझावहरू पेस गरिसकेको छौं,' परिसंघका अध्यक्ष नरेन्द्र बस्नेतले भन्नुभयो, 'भूकम्पबाट मुलुकको दुई तिहाइ भाग प्रभावित भएको छ।'

ईकान्तिपुर अनलाईनका अनुसार परिसंघले उक्त योजना सरकारलाई बुझाइसकेको छ। 'प्रस्तुत गरिएका प्रस्तावहरू परिसघं भित्रको व्यापक छलफल एवं भूकम्पबाट क्षतिग्रस्त मुलुकहरू हाइटी, भारतको गुजरातको अनुभव र उक्त देशहरूले सो संकट समाधानमा अपनाएको नीतिको आधारमा तयार गरिएको हो,' अध्यक्ष बस्नेतको दाबी थियो। कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भूकम्पपछि धेरै उद्योगहरू सञ्चालनमा ल्याइसकेको जनाउँदै कम क्षमतामा चलाइरहेको बताउनुभयो।

सीएनआईले गरेको आग्रहअनुसार आगामी दुई वर्षलाई भ्याटको 11 प्रतिशत कायम गरिनुपर्छ। जुन अहिले 13 प्रतिशत छ। वाणिज्य बैंकहरूको पुनर्कर्जा समयअवधि 5 वर्षको बनाउनसमेत सीएनआईले माग गरेको छ। व्यक्ति तथा परिवारको आय करयोग्य गणना गर्दा कर छुटको सीमा वृद्धि गरी 5 लाख पुर्‍याउनुपर्ने माग सीएनआईले सरकारसमक्ष माग गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ