फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्गद्वारा चिलीको भ्रमणमा सुरु

(GMT+08:00) 2015-05-25 18:34:22

 चिलीका राष्ट्रपति मिचेल बाचेलेटको निमण्त्रणामा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग स्थानीय समयअनुसार मे 24 तारिख दिउँसो विशेष विमानद्बारा सानडिएगो अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी चिलीको ‌औपचारिक भ्रमण सुरु गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार चिली दक्षिण अमेरिकी मुलुकमध्ये चीनसँग दौत्य सम्बन्ध स्थापना भएको पहिलो मुलुक हो। यस चिलीको भ्रमणप्रति उहाँको आशा छ: दुई मुलुकबीचको परम्परागत मित्रतालाई सुद्दढ पार्दै चौतर्फी रुपमा आपसी स्वतन्त्र व्यापारिक क्षेत्र, उपकरण उत्पादन, आधारभूत प्रबन्धको निर्माण लगायत विभिन्न क्षेत्रको सहयोगलाई माथि उकास्न सक्ने छ।

भ्रमणको अवसरमा प्रधानमन्त्री लीले चिलीका राष्ट्रपति बाचेलेटसँग भेटवार्ता गर्नुका साथै चीन-चिली दौत्य सम्बन्ध स्थापना भएको 45 औं वार्षिकोत्सव आर्थिक तथा व्यापारिक गोष्ठी अर्थात् चीन-चिली व्यवसायी समितिको सातौं सम्मेलनमा भाग लिनुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ