फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशका प्रधानमन्त्रीद्वारा लिउ यान तुङसँग भेट-घाट

(GMT+08:00) 2015-05-25 18:35:13

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले 24 तारिख ढाकामा बंगलादेशको भ्रमणमा रहनुभएका चीनका उप प्रधानमन्त्री लिउ यान तुङसँग भेट-घाट गर्नुभएको छ।

लिउले चालू वर्ष चीन र बंगलादेशको दौत्य सम्बन्ध स्थापनाको चालीसौं वार्षिकोत्सव हो भन्दै चीनले बंगलादेशसँग यसलाई सुअवसरको रुपमा बनाएर अझै घनिष्ठ चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको विकास गर्ने मनसाय लिएको कुरा बताउनुभयो।

प्रत्युत्तरमा हसिनाले लामो समययता चीनले बंगलादेशको विकासका लागि दिएको समर्थन र मद्दतप्रति बंगलादेशले कृतज्ञता ज्ञापन गर्नुका साथै पुल, उद्योग क्षेत्रआदि महत्वपूर्ण परियोजनाहरुमा दुई मुलुकबीचको सहयोगप्रति बंगलादेश सन्तुष्ट रहेको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ