फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको गैर-सरकारी मञ्चको पहिलो वार्षिक बैठक शुरु

(GMT+08:00) 2015-05-25 18:35:42

एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको गैर-सरकारी मञ्चको पहिलो वार्षिक बैठक 25 तारिख पैचिंगमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सो वार्षिक बैठकलाई बधाई सन्देश दिनुभएको छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको गैर-सरकारी मञ्चको पहिलो वार्षिक बैठकका अध्यक्ष छन युआनले उद्घाटन समारोहमा सी चिन फिङ्गको बधाई सन्देश पढ्नुभएको छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष युन चङ शङले सम्बोधन गर्दै एशियाली सुरक्षा अवधारणासम्बन्धी चार सूत्रीय अडान प्रस्तुत गर्नुभएको छ।

"एशियाली सुरक्षाको प्रबर्द्धन, साझा विकासको साकार"शिर्षकको सम्बोधन गर्दै यु चङ शङले एशियाको सुरक्षाको समष्टिगत परिस्थितिमा स्थिरता देखिएको, विकासले पनि ऐतिहासिक प्रगति हासिल गरेको तर एशियाली विकास तथा स्थिरताको आधार वलियो हुनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ