फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्बारा एशिया पारस्परिक सहयोग तथा विश्वास कदम सम्मेलनको गैर सरकारी मञ्चलाई शुभकामना

(GMT+08:00) 2015-05-25 18:36:08

एशिया पारस्परिक सहयोग तथा विश्वास कदम सम्मेलनको गैर-सरकारी मञ्च 25 तारिख पैचिङ्गमा सुरु भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो मञ्चको ;सफलताको शुभकामना दिँदै मञ्चमा भाग लिन आएका विभिन्न अतिथिलाई हार्दिक स्वागत व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार एशिया पारस्परिक सहयोग तथा विश्वास कदम सम्मेलन स्थापना भएको 23वर्षयता विश्वास कदमको निर्माण,भिन्न सभ्यताबीचको आदानप्रदानको प्रवर्द्धन,संयुक्त विकास प्रवर्द्धन आदि क्षेत्रमा सकारात्मक प्रगति हासिल भएको देखिन्छ। हाल सो सम्मेलन एशियाली मुलुकले एशियाको सुरक्षाको व्यवस्थापन गर्ने एक महत्वपूर्ण प्रणाली बनेको छ।

यस मञ्चले "आउने दश वर्षको एशिया: सुरक्षा तथा विकास"भन्ने मुख्य विषयमा आधारित भई नयाँ परिस्थितिमा एशियाको शान्ति तथा विकासका लागि सम्बन्धित व्यापक विचार तथा धारणालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यसप्रति राष्ट्राध्यक्ष सीले विभिन्न प्रतिनिधि तथा अतिथिले सदिच्छापूर्ण आदानप्रदान गर्दै एशियाको शान्ति तथा विकासका लागि योगदान गर्नसक्ने आशा गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ