फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती साँस्कृतिक आदानप्रदान मण्डल स्वीट्जरल्याण्डको भ्रमणमा

(GMT+08:00) 2015-05-25 18:36:36

स्वीट्जरल्याण्डको भ्रमण गरिरहेको चीनको तिब्बती साँस्कृतिक आदानप्रदान मण्डलले 24 तारिख ज्यूरिचमा स्वीट्जरल्याण्डमा बस्ने तिब्बती जातिय प्रतिनिधिहरुसँग भेटवार्ता गरेको छ। भेटवार्तामा साँस्कृतिक आदानप्रदान मण्डलले हाल केही वर्षयता तिब्बतको विशाल आर्थिक तथा सामाजिक परिवर्तनबारेमा जानकारी दिनुका साथै तिब्बतको पर्यावरणीय संरक्षण,परम्परागत सँस्कृतिको संरक्षण,तिब्बती भाषा शिक्षा आदि विषयमा स्वीट्जरल्याण्डस्थित तिब्बती जातिय प्रतिनिधिहरुसँग आदानप्रदान गरेको छ।

यस आदानप्रदान मण्डलका प्रमुख एवम् चीनको सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानका सहायक अध्यक्ष हाउ श युआनले जानकारी दिनुभएअनुसार तिब्बत चीनका सबैभन्दा तीब्र विकसित भएको क्षेत्रहरुमध्ये एक हो भने विशेष गरी नागरिक जीवनको सुधार उत्कृष्ट देखिन्छ। तापनि सारा देशको तुलनामा तिब्बतको आर्थिक विकास स्तर अपेक्षाकृत ढिलो छ। यस वर्ष तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचासौं वार्षिकोत्सव हो। चीनले तिब्बतका लागि नयाँ सामाजिक विकास परियोजना तर्जुमा गरिरहेको छ। केन्द्रीय सरकारले निरन्तर रुपमा तिब्बतको विकासका लागि नीति, जनशक्ति, संसाधन आदि विभिन्न क्षेत्रका समर्थन प्रदान गर्दै जाने छ।

जानकारी तथा लेखहरु
सुझाउ