फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग बेग्ला-बेग्लै रुपमा भेट-घाट

(GMT+08:00) 2015-06-25 09:51:35

         नेपालका राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले जुन 24 तारिख काठमाडौंमा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग बेग्ला-बेग्लै रुपमा भेट-घाट गर्नुभएको छ।

         यादव र कोइरालाले चीन सरकारले नेपालको कठिन र विपद्‌को घडीमा परराष्ट्र मन्त्रीलाई नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पठाएकोप्रति कृतज्ञाता ज्ञापन गर्नुभयो। उहाँहरु दुवै जनाले नेपालमा "4.25"को भयङ्कर विनाशकारी भूकम्प गएपछि चीन सरकार, चिनियाँ नेताहरु, चीनको विभिन्न प्रान्त र चीनको विभिन्न क्षेत्रका व्यक्तिहरुले लगत्तै नेपालप्रति सम्वेदना व्यक्त गर्दै तुरुन्तै उद्धार कार्यका लागि उद्धारकर्ता पठाएप्रति नेपाल सरकार र नेपाली जनताले चीनप्रति कृतज्ञता ज्ञापन गरेको बताउनुभयो। साथै चीन नेपालको सबैभन्दा भरपर्दो मित्र, सबैभन्दा घनिष्ठ छिमेकी र सबैभन्दा विश्वसनीय साझेदार भन्ने कुराको फेरि एक पटक प्रमाणित भएको र चीन नेपालको पुनःनिर्माणमा सक्रियताका साथ संलग्न हुने र चीनले यस सम्बन्धमा सहयोग गर्ने विश्वास नेपालले लिएको पनि उहाँहरूको भनाइ थियो।

        वाङ यीले चीन र नेपाल घनिष्ठ मैत्रीपूर्ण छिमेकी हुन् भन्दै चीनले नेपालको भूकम्पको प्रतिरोध र उद्धारका लागि सक्दो प्रयास गर्दैआएको र आगामी दिनमा पनि सहयोग जारी राख्दै नेपालको पुनःनिर्माणका लागि मद्दत गर्ने बताउनुभयो। साथै उहाँले चालू वर्ष चीन र नेपालको दौत्य सम्बन्ध स्थापना भएको साठी‌औं वार्षिकोत्सवको अवसरमा नेपालको भूकम्पको उद्धार र पुनःनिर्माणको क्रममा दुई मुलुकको परम्परागत मित्रता अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ