फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपालको पुनःनिर्माणमा सक्रियताका साथ संलग्न हुने वाङ यीको भनाई

(GMT+08:00) 2015-06-25 09:59:59

         नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि जुन 24 तारिख दिउँसो काठमाडौं पुगेका चीनका परराष्ट्र मन्त्रीले नेपालका विदेश मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेट-वार्ता गर्नुभएको छ। वाङ यीले चीन र नेपाल यी दुबै मुलुक दाजुभाइ जस्तै हुन् भन्दै चीन नेपालको पुनःनिमार्णमा सक्रियताका साथ संलग्न हुने र चीनले नेपाललाई आवश्यक सहयोग गर्ने कुरामा जोड दिनुभयो।

         पाण्डेले चीन सरकारले नेपालको पुनःनिमार्णका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएकोप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। पाण्डेले वाङ यीलाई नेपालमा गएको "4.25" को विनाशकारी भूकम्पबाट पीडित तथा हताहत भएका र क्षतिबारे जानकारी दिनुभयो साथै यस भूकम्पबाट चीनको तिब्बत स्वायत्त प्रदेशमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गर्नुभयो।

         यसैबीच पाण्डेले चालु वर्ष चीन र नेपालको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव भएको भन्दै विगत साठी वर्षमा चीनले नेपालको स्वतन्त्रता, विकास, शान्ति र स्थिरताको समर्थन गर्दैआइरहेको तथा नेपाल र चीनबीचको उच्चस्तरीय आदान-प्रदानलाई कायम राख्दैआइरहेको र आ-आफ्ना समस्याहरुलाई पारस्परिक रुपबाट बुझेर समर्थन दिँदैआइरहको बताउनुभयो।

         वाङले चीन सरकारको तर्फबाट "4.25" को भयङ्कर विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनतालाई फेरि एक पटक सम्वेदना व्यक्त गर्नुभयो। नेपालले पुनःनिर्माणलाई सुअवसरको रुपमा लिएर आर्थिक तथा सामाजिक विकासलाई प्रबर्द्धन गर्ने आशा चीनले लिएको वाङले बताउनुभयो।

         यसका साथै वाङले नेपालको पुनःनिर्माण एक दीर्घकालीन तथा ठूलो परियोजना भएको भन्दै चीनले नेपालसँग मिलेर अन्तर्राष्ट्रिय समाजलाई पुनःनिर्माणमा संलग्न हुन आह्वान गर्ने पनि बताउनुभयो। नेपालको राजनैतिक स्थिरता पुनःनिर्माणका लागि महत्वपूर्ण रहेको र नेपालले सुचारु रुपमा संविधान प्रक्रिया पूरा गर्ने तथा पुनःनिर्माण राम्रोसँग गर्ने अपेक्षा चीनले लिएको वाङले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ