फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल एक ठूलो परिवार जस्तै - परराष्ट्र मन्त्री वाङ यी

(GMT+08:00) 2015-06-26 10:36:27

         स्थानीय समय जुन 25 तारिख बिहान नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंमा आयोजना भएको छ। चीन, भारत, नर्वे, जापान, यूरोपेली संघ, अमेरिका, संयुक्त राष्ट्र संघलगायत पचास वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरु सो सम्मेलनमा सहभागी भएका छन्। ती प्रतिनिधिहरुले नेपालको पुनःनिर्माण कार्यलाई कसरी निरन्तर रुपमा सहायता दिने विषयबारे छलफल गरेका छन्। चीनका परराष्ट्र मन्त्री वाङ यीले सो सम्मेलनलाई सम्बोधन गर्दै चीन नेपालको पुनःनिर्माणमा सक्रियताका साथ संलग्न हुने बताउनुभएको छ।

        नेपाली राष्ट्रिय गीतको साथमा स्थानीय समय जुन 25 तारिख बिहान 8 बजेर 26 मिनेटजाँदा नेपाल सरकारद्वारा आयोजना गरिएको नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको थियो। राष्ट्रिय गीतपछि सो सम्मेलनमा सहभागी समस्त व्यक्तिहरुले "4.25"को भयङ्कर विनाशकारी भूकम्पमा मृत्यु भएकाहरुलाई शोक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरेका थिए।

        नेपालका विदेश मन्त्री महेन्द्र बहादुर पाण्डेले उद्घाटन समारोहमा भूकम्प गएको दुई महिनायता नेपाली जनता कठिन परिस्थितीमा रहेको बताउनुभएको छ। साथै उहाँले नेपाली जनताले ठूलो प्रकोपपछि देखाएको साहस र मैत्रीपूर्ण छिमेकी तथा अन्तर्राष्ट्रिय समाजको मानवतावाद उद्धार नमूनाको रुपमा पाइएको बताउनुभयो।

        नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले चीन, भारतलगायत छिमेकी मुलुकहरु तथा अन्तर्राष्ट्रिय समाजको सहायतामा नेपाल भूकम्पको ठूलो प्रकोपबाट मुक्त भएको बताउनुभयो। साथै उहाँले नेपालले पारदर्शितालाई पुनःनिर्माण कार्यको केन्द्रीय विषयमा राख्ने भन्दै दातृ मुलुकलाई आश्वस्त रहन जोड दिनुभएको छ।

        साथै चीनका परराष्ट्र मन्त्री वाङ यीले सो सम्मेलनमा चीनले नेपालको पुनःनिर्माणमा संलग्न हुने मसौदाको घोषणा गर्नुभएको छ।

        सो सम्मेलनपछि वाङ यीले काठमाडौंस्थित भूकम्प पीडित बसेको एक शिविरमा सर्वसाधारणहरुलाई भेट्नुका साथै सान्त्वना व्यक्त गर्नुभएको छ। वाङले एक अठार वर्षीय केटीसँग कुराकानी गरेपछि पत्रकारसँग कुराकानी गर्दै चीन र नेपाल एक ठूलो परिवार जस्तै रहेको बताउनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ