फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटक तान्न सौराहामा रोपाईं विशेष कार्यक्रम

(GMT+08:00) 2015-06-29 19:07:12
    भूकम्पपछि सुनसान रहेको पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रोपाईं विशेष कार्यक्रम हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसर पारेर असार 15 मा रोपाई विशेष कार्यक्रम आयोजना गर्न लागिएको अनलाइन खबरले लेखेको छ। क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको संयोजनमा विहान 8 बजेदेखि रत्ननगर नगरपालिका 18 स्थित होटल सेन्ट्रल पार्क अगाडि सुरु हुनेछ।

      सकेसम्म धेरै विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम पनि गरिने छ। हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटक पनि खेतालाको भूमिकामा कार्यक्रममा रमाउने रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताउनुभयो। देशको विशेषताअनुसार पर्यटन व्यवसायलाई कृषिसँग जोडेर रोपाईं विशेष कार्यक्रम आयोजना गर्न लागिको क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष भेषराज दवाडीले बताउनुभयो।

       सोही अवसरमा साउने प्रतियोगिता, असारे गीतसँगै हात्ती सहित रोपाइ, विदेशी र नेपालीसहित विभिन्न समूहको रस्साकस्सी, हिले दौडलगायत कार्यक्रम समेत हुने क्षेत्रिय होटल संघका महासचिव राममणि खनालले बताउनुभयो।

       रत्ननगर नगरपालिकाको विशेष सहयोगमा हुन लागेको कार्यक्रममा रेवान सौराहा, चितवन पर्यटन विकास समिति, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायीक वन सहित 15 संघसंस्थाको समेत सहभागिता रहने छ। कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ