फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंकको बिधानमा हस्ताक्षर समारोह सम्पन्न

(GMT+08:00) 2015-06-29 15:38:05
      चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज जुन उन्नतीस तारिख सोमबार जन बृहद् सभा भवनमा "एशियालीपूर्वाधार लगानी बैंककोबिधानमा हस्ताक्षर समारोहमा सहभागी विभिन्न मुलुकका प्रतिनिधि मण्डलका प्रमुखहरूसित भेटघाट गर्नुभएको छ।

       भेटका क्रममा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण मन्तव्य पनि दिनुभएको छ। उहाँका अनुसार, चीनले एशियाली पूर्वाधार लगानी बैंकको स्थापना गर्नु पर्ने मुख्य उद्देश्य एशियाली क्षेत्रमा पूर्वाधार निर्माण र आपसी सम्पर्क तथा पारस्परिक आदान-प्रदानलाई अघि बढाउनु, क्षेत्रीय सहयोगलाई गहन पार्नु र साझा विकासलाई साकार तुल्याउनु हो। चीनको यस्तो प्रस्तावलाई क्षेत्रभित्र र बाहिरका मुलुकहरूले सक्रियताका साथ समर्थन दिएका छन्। एशियाली पूर्वाधार लगानी बैंकको बिधानमा हस्ताक्षर भएपछि एशियाली पूर्वाधार लगानी बैंकको औपचारिक रुपमा स्थापना भएको र यसलाई एक ऐतिहासिक कदम मानिएको छ।

       विभिन्न मुलुकका प्रतिनिधि मण्डलका प्रमुखहरूको सम्बोधन सुनेपछि राष्ट्राध्यक्ष सीले विभिन्न सदस्य मुलुकसँगै मिलेर एशियालीपूर्वाधार लगानी बैंकलाई नयाँ ढाँचाको बहुपक्षीय विकास बैंकको रुपमा निर्माण गरी संयुक्त रुपमा एशिया र समस्त विश्वको आर्थिक समृद्धिका लागि योगदान गर्दैजान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ