फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिलिपिन्सले दक्षिण चीन सागर समस्यालाई भड्काएकोमा चीनको ध्यानाकर्षण

(GMT+08:00) 2015-06-29 16:42:29
         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज जुन उन्नतीस तारिखका दिन बोल्दै फिलिपिन्सको वृत्त-चित्रले तथ्य कुराको बावजुद चीनमाथि कुनै निहुँ या प्रमाण पनि नरहेको दोषारोपण लगाएकोमा चीनले कडा शब्दमा असन्तुष्ट व्यक्त गर्नुका साथै फिलिपिन्सको वर्तमान सरकारले जथाभावी रुपमा दक्षिण चीन सागर समस्यालाई भड्काएर दुवै देशका जनतालाई उत्तेजित पारेकोमा चीनको ध्यान तानिएको बताउनुभएको छ।

           प्रवक्ता ह्वाका अनुसार, फिलिपिन्सले कानूनको मुकुण्डो लगाएर राजनीतिक उत्तेजनाद्बारा दक्षिण चीन सागर सम्बन्धी चीनको भूखण्डको सार्वभौमिकता र समुद्री हक-अधिकारलाई बंग्याएर आफ्नो अवैधानिक हितलाई अझ बढाउन खोजेको हो। यस विषयमा चीनले कहिल्यै पनि स्वीकार नगर्ने र सहभागी नहुने ढृढ अडानलाई प्रकाश पारिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ