फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आज धान दिवस

(GMT+08:00) 2015-06-30 19:17:21
       आज असार 15गते मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा किसानले असार पन्ध्रलाई लिने गर्छन्। आजको दिन खेत रोप्न सुरु गरेसँगै दही चिउरा खाने प्रचलन छ।

       नागरिक अनलाइनका अनुसार किसानहरु लोकल जात छाडेर हाइब्रिडतिर आकर्षित भएका छन्। धान उत्पादनको पकेट क्षेत्र मानिने गोरखाको च्याङ्ली, आरुपोखरी, दरौँदीफाँट, टारीफाँटलगायतका क्षेत्रमा किसानले उन्नत जातको 'हाइब्रिड' जातको धान लगाउने गरेका छन्। वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठका अनुसार जिल्लामा साबित्री, हर्दिनाथ, खुमलचार, राधाचारजस्ता जातका धान लगाउने किसान धेरै छन्।

        यता तराईमा पानी नपरेपछि किसानका खेत बाँझै बसेके छ। समयमै पानि नपरेपछि महोत्तरीका किसानले विउसमेत छर्न पाएका छैनन्। असार 15 सम्म आधाजति रोपाइँ सकिसक्नुपर्ने भए पनि महोत्तरीको उत्तरवर्ती क्षेत्रमा 12 प्रतिशतमात्रै धान रोपाइँ भएको छ।

        जिल्ला कृषि विकास कार्यालय महोत्तरीका प्रमुख सुकेश्वर झाका अनुसार समयमै वर्षा नहुँदा किसानहरु बिउ छर्न नपाएर ढिलाइ भएको हो। 'गत वर्ष असार 15 सम्ममा 15 प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष पानी नपर्दा बिउसमेत छर्न सकेको छैन,' झाले भन्नुभयो, 'अहिलेसम्म रोपाइँ हुने खालको पानि परेको छैन।'

        किसानहरुका अनुसार धानको बिउ व्याडमै सुक्न थालेको छ। धान उत्पादनका लागि मुलुकमै अग्रस्थानमा रहेका महोत्तरीमा कूल खेतीयोग्य 67 हजार 3 सय 52 हेक्टर जमिनमध्ये 52 हजार 2 सय हेक्टरमा धान खेती हुन्छ।

        सिँचाइको भरपर्दो सुविधा नभएर पनि रोपाइँ गर्न नसकिएको किसानहरुले गुनासो गरेका छन्। 'सरकारले सिँचाइमा लाखौं रुपैंया बिनियोजन गरेपनि कृषि, भूमिगत, नलकुप र सिँचाई कार्यालयले यसको दुरुपयोग गर्ने गरेको छ,' परशुराम महतोले भने। उनका अनुसार कृषि उत्पादन नबढ्नुमा कुलो नहरको आवश्यक मर्मत सम्भार र प्रर्याप्त सिँचाइको व्यवस्था नहुनु प्रमुख कारण भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ